काठमाडौं । सोमबार सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ कायम भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३ हजार ४ सय रुपैयाँले बढेको हो। यसअघि गत सोमबार प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेर बनेको रेकर्ड ठीक एक सातामै तोडिएको हो।
चाँदीको मूल्य पनि लगातार नयाँ रेकर्ड बनाउँदै आएको छ। आज चाँदीको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला १३० रुपैयाँले बढ्दै ४ हजार २३५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुन र चाँदीको मूल्य ऐतिहासिक उच्च स्तरमा पुगेको छ। नेपाली समय अनुसार बिहान १०ः५० बजे सुन प्रतिऔंस ४ हजार ३९७ अमेरिकी डलरमा कारोबार भएको छ भने चाँदी प्रतिऔंस ६९.३७ अमेरिकी डलर पुगेको छ।























प्रतिक्रिया