काठमाडौँ । नेकपा (एमाले)को ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित प्रतिस्पर्धामा उत्रिने भएका छन्।
संस्थापनइतर धाराबाट अध्यक्ष पदका लागि ईश्वर पोखरेल र महासचिव पदका लागि सुरेन्द्र पाण्डेलाई उम्मेदवार बनाउने सहमति जुटेको छ।
उपाध्यक्ष पदका लागि गोकर्ण विष्ट, परशुमेघी गुरुङ, बिन्दा पाण्डे र अरुण नेपालबीच प्रतिस्पर्धा हुने भएको छ भने उपमहासचिव पदका लागि योगेश भट्टराई उम्मेदवार बन्ने भएका छन्।
त्यस्तै, सचिव पदका उम्मेदवारमा रचना खड्का, कर्ण थापा, गोकुल बास्कोटा, विनोद ढकाल, कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैर र इन्द्रलाल सापकोटाको नाम चर्चामा रहेको छ।
अध्यक्ष केपी शर्मा ओलीको प्यानलको भने टुंगो लागेको छैन । पदाधिकारीमा आकांक्षी धेरै हुँदा कसकसलाई समेटेर लैजाने भन्ने समस्यामा ओली पक्ष रहेको बुझिएको छ ।
























प्रतिक्रिया