breaking news

छवि र रविको मुद्दा आज पनि स्थगित



रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको सहकारी ठगी सम्बन्धी मुद्दा आज पनि स्थगित भएको छ।

न्यायाधीश तेजनारायण पौडेल र सागर विष्टको इजलासमा परेको मुद्दा सुनाउन नमिल्नेमा राखिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए। न्यायाधीश सागर विष्टका आफन्त नै उक्त मुद्दामा जाहेरवालातर्फको कानूनी व्यवसायी भएकाले सुनुवाइ अघि बढाउन नचाहिएको उनी बताउँछन्।

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दा कात्तिक १३ गतेदेखि लगातार सारिँदै आएको छ। यसअघि लामिछाने पक्षका कानूनी व्यवसायीले दुई पटक पेशी सार्न निवेदन दिएका थिए भने गत बिहीबार सार्वजनिक बिदाका कारण सुनुवाइ रोकिएको थियो।

प्रकाशित : २५ मंसिर २०८२, बिहिबार, ,