काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १३६ रनको लक्ष्य दिएको छ।
टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३५ रनको योगफल तयार पार्यो।
विराटनगरका लागि शिवम रन्जानेले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ३७ रन जोडे। बसिर अहमदले ३६ रन बनाए भने ओपनर लोकेश बम २८ रनमा आउट भए। विदेशी खेलाडी जर्ज मुन्सेले १०, मार्टिन गप्टिलले १३ तथा नारायण जोशीले २ रनको योगदान दिए।
जनकपुर बोल्ट्सका बलरहरू प्रभावकारी रहे। संगित कुरे र रुपेश सिंहले २–२ विकेट हात पारे भने आदित्य मेहताले एक विकेट थपे।























प्रतिक्रिया