काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय समिति बैठक आज बस्दै छ ।
राजधानीको जमलस्थित येलो प्यागोडामा बस्दैछ। बैठक पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको आह्वानमा बोलाइएको हो।
अध्यक्ष श्रेष्ठद्वारा हस्ताक्षरित पत्रअनुसार बैठकको एजेण्डामा पार्टी विधान संशोधन र केन्द्रीय सदस्य मनोनयन रहेका छन्। बैठकमा संस्थापक सदस्य र सांसदहरूलाई निमन्त्रणा गरिएको भए पनि स्रोतका अनुसार अध्यक्ष श्रेष्ठ पक्षका सदस्यहरू मात्र सहभागी हुने भएका छन्।
पार्टी संरक्षक रेशम चौधरी भने बैठकमा उपस्थित नहुने निश्चित भएको छ। “पार्टी जन्मदाता बिनै अध्यक्ष श्रेष्ठ बैठक बस्न लागेकी हुन्,” स्रोतले भन्यो। चौधरी पक्षका कुनै सदस्य पनि सहभागी नहुने बताइएको छ।
संस्थापक सदस्यहरूको बहुमत चौधरी पक्षमा रहेको दाबी गर्दै स्रोतले याद गराएको छ कि यसअघि चौधरी पक्षले आफ्नै बैठकमार्फत अध्यक्ष रञ्जिता श्रेष्ठविरुद्ध कारबाहीसमेत गरेको थियो।























प्रतिक्रिया