breaking news

इम्बोस्ड नम्बर प्लेट जडान नगर्नेलाई तत्काल कारबाही हुँदैन : विभाग



काठमाण्डौ – यातायात व्यवस्था विभागले गाडीमा इम्बोस्ड नम्बर प्लेट तत्काल जडान नगरे पनि जरिमाना नलाग्ने बताएको छ । विभागले आज विज्ञप्ति निकालेर असोज १ गतेदेखि नै इम्बोस्ड नम्बर प्लेट जडान नगरेको खण्डमा तुरुन्त जरिमाना वा कारबाहीमा परिने भन्ने भ्रम उत्पन्न भएको भन्दै तत्काललाई कुनै किसिमको दण्ड जरिमाना नगरिने बताएको हो । आफूलाई अनुकूल समयमा स्वतः स्फुर्त ढङ्गले इस्बोस्ड नम्बर प्लेट जडान गर्न विभागको अनुरोध छ ।

विभागका अनुसार इम्बोस्ड नम्बर प्लेट लागू भएपछि देशभर गाडीको एकिन विवरण प्राप्त हुने, कृत्रिम बौद्धिकतामा आधारित ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने, चोरी तथा आपराधिक गतिविधि नियन्त्रण, राजस्व छली रोकथाम तथा विपद् व्यवस्थापनमा सहजता हुने दाबी गरेको छ ।

नम्बर प्लेटको गुणस्तर तोकिएअनुसार रहेको र तथ्याङ्क देश बाहिर नजाने गरी विभागकै सर्भरमा सुरक्षित हुने पनि विभागले दाबी गरेको छ । तर विभागले असोज १ गतेदेखि सबै सरकारी, निजी तथा सार्वजनिक गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने निर्णय कार्यान्वयनमा ल्याउने भने स्पष्ट पारेको छ ।

प्रकाशित : १० भाद्र २०८२, मंगलबार, ,