काठमाडौं । ग्लोबल आइएमई बैंकको खुद मुनाफा बढेको छ । बैंकले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा बैंकले छ अर्ब २० करोड ४७ लाख ४५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा छ अर्ब १३ करोड ७४ लाख ५४ हजार रुपैंयाँ रहेको थियो।
बैंकले गत आवको चौंथो त्रैमासमा १६ अर्ब ७१ करोड २२ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको यस्तो आम्दानी १६ अर्ब ८५ करोड ६३ लाख २७ हजार रुपैयाँ रहेको थियो । यसैगरी बैंकको वितरणयोग्य नाफा पछिल्लो अवधिमा पाँच अर्ब ३७ करोड ९३ लाख रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश बितरण गर्नै क्षमता १४ दशमलव ११ प्रतिशत रहेको छ । गत आवको चौैंथो त्रैमासमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २० दशमलव १२ प्रतिशत बढेर तीन अर्ब २२ करोड २० लाख ४० हजार रुपैयाँ पुगेको छ । यसैगरी कुल सञ्चालन आम्दानी पनि तीन दशमलव एक प्रतिशतले बढेर २१ अर्ब २७ करोड ६४ लाख ३१ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा भने भने पछिल्लो अवधिमा दुई दशमलव ७५ प्रतिशत घटेर आठ अर्ब ७७ करोड पाँच लाख ७८ हजार रुपैयाँमा सिमित रहेको छ।
गत आवको चौंथो त्रैमासमा बैंकको निक्षेप संकलन १२ दशमलव ९५ प्रतिशत बढेर पाँच खर्ब ५० अर्ब ६२ करोड ८४ लाख ३८ हजार रुपैयाँ रुपैंयाँ पुगेको छ । यस अवधिमा बैंकको कर्जा लगानी ११ दशमलव ४६ प्रतिशत बढेर चार खर्ब ११ अर्ब ७९ करोड १७ लाख ९७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले चार खर्ब ८७ अर्ब ४५ करोड ५८ लाख ५५ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब ६९ अर्ब ४२ करोड ४५ लाख १९ हजार रुपैयाँ लगानी गरेको थियो । हाल चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २४ अर्ब २१ करोड लाख पाँच हजार हजार रुपैयाँ छ । यसैगरी बैंकको प्रतिसेयर आम्दानी १६ रुपैंयाँ २८ रुपैंयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ एक सय ७७ रुपैंयाँ ६३ पैसा रहेको छ । गत आवको चौंथो त्रैमासमा बैंकको निष्क्रिय कर्जा चार दशमलव ८७ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकमा यस्तो कर्जाको अनुपात चार दशमलव १७ प्रतिशत रहेको थियो।























प्रतिक्रिया