सुनसरी । सुनसरीको दुहबी नगरपालिका–४ शिव मन्दिर चोकमा निर्माणाधीन घरको सेप्टिक ट्यांकीभित्र दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही नगरपालिकाका ५० वर्षीय ठेकेदार श्याम बहादुर तामाङ र ३२ वर्षीय कामदार रमेश राई रहेका छन्। उनीहरू चन्द्रिका रौनियारको नयाँ घर निर्माणको क्रममा आज बिहान करिब १० बजे ट्यांकीभित्र मृत अवस्थामा भेटिएका हुन्।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार घटनाबारे विस्तृत जानकारीका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट फरेन्सिक डाक्टरलाई बोलाइएको छ। पोस्टमार्टमपछि मात्र मृत्युको कारण स्पष्ट हुने बताइएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।























प्रतिक्रिया