खेलकूद

जावलाखेलको पोस्ट्मा एपिएफको पाँच गोल



काठमाडौँ,  एन्फा यु–१६ युथ लिगमा विभागीय टोली एपिएफ क्लबले जावलाखेल युथ क्लबमाथि सानदार जित निकालेको छ ।

एन्फा मैदान सातदोवाटोमा मङ्गलबार भएको खेलमा एपिएफले जावलाखेललाई ५–० गोलले हरायो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको लिगमा ‘ए’ डिभिजनका १४ क्लबको सहभागिता रहेको छ ।

लिगको विजेता टोलीले एक लाख रुपियाँ र उपविजेता ५० हजार रुपियाँ पुरस्कार पाउने छ ।

यस्तै व्यक्तिगत विधाका उत्कृष्ट खेलाडी र अनुशासित टोलीलाई १५/१५ हजार रुपियाँ प्रदान गरिने एन्फाले जनाएको छ ।

प्रकाशित : ६ श्रावण २०८२, मंगलबार, ,