जनकपुरधाम– बजार मूल्यभन्दा कम रकम पाउने भएपछि किसानले खाद्य संस्थान जनकपुरलाई गहुँ बिक्री गरेका छैनन् ।
सङ्घीय सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले गहुँ खरिदका लागि बजारभन्दा सस्तो मूल्य तोकेकाले किसानले कार्यालयलाई गहुँ बिक्री नगरेका हुन् ।
सरकारले प्रतिक्विन्टल तीन हजार ८६७ रुपैयाँ ३८ पैसाका दरले खरिद गर्ने गरी तोकेको समर्थन मूल्यका आधारमा गहुँ खरिद प्रक्रिया अगाडि बढाइएको थियो । जनकपुरसहितका बजारमा चार हजार ४०० रुपैयाँ प्रतिक्विन्टल गहुँ बिक्री हुने भएपछि किसानले निजी क्षेत्रका व्यवसायीलाई उपलब्ध गराइरहेका कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख निर्मल थापाले किसानले कार्यालयमा गहुँ बिक्रीको मूल्य जानकारी लिन आए पनि बिक्री गर्न नआएका बताए । बजारभन्दा यहाँको खरिद मूल्य निर्धारण सस्तो भएकाले उत्पादित गहुँ निजी व्यापारीलाई बिक्री गरेका उनको भनाइ छ ।























प्रतिक्रिया