समाचार

नेपाल सुनचाँदी व्यवसायी महासंघले ८ दिनपछि सुनको मूल्य निर्धारण गर्र्यो



काठमाडौँ – नेपाल सुनचाँदी व्यवसायी महासंघले ८ दिनपछि सुनको मूल्य निर्धारण गरेको छ।

आन्दोलित भएका कारण असार १९ देखि मूल्य नै निर्धारण नगरेको  महासंघले शुक्रबार भने मूल्यसूची सार्वजनिक गरेको हो।

जसअनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ। अघिल्लो मूल्य निर्धारण भएको असार १९ गतेको दिन भने छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार १०० रुपैयाँ कायम भएको थियो।

यस्तै शुक्रबार चाँदीको मूल्य तोलामा २ हजार २२० रुपैयाँ पुगेको महासंघले जनाएको. छ।  असार १९ मा भने चाँदीको मूल्य २ हजार १७० रुपैयाँ कायम थियो। यस आधारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ।

विलासिता करको विरोधमा व्यवसाय बन्द गरेरै सुनचाँदी व्यवसायी आन्दोलनमा थिए। तर,   बिहीबार सरकारसँग ६ बुँदे सहमति भएसँगै उनीहरू आजदेखि आफ्नो व्यवसायमा फर्किएका छन्।

प्रकाशित : २७ असार २०८२, शुक्रबार, ,