अन्तरराष्ट्रिय

थाइल्यान्डका अर्थमन्त्री व्यापार वार्ताका लागि अर्को हप्ता संयुक्त राज्य अमेरिका जाने



विश्व – थाइल्यान्डका अर्थमन्त्री व्यापार वार्ताका लागि अर्को हप्ता संयुक्त राज्य अमेरिका जानुहुने स्थानीय सञ्चारमाध्यमले शुक्रबार जानकारी गराएका छन्।

पछिल्लो समय थाइल्यान्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को कर शुल्कमा वाशिङ्गटनसँग सम्झौता सुरक्षित गर्न खोजिरहेको छ।थाइल्यान्डसँगको अमेरिकाको व्यापार घाटा सन् २०२४ मा ४५.६ अर्ब डलर पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा  ११.७ प्रतिशतले बढेको अमेरिकी व्यापार प्रतिनिधिको तथ्याङ्कले जनाएको छ। थाइ सरकारले गत महिना आफ्नो सन्  २०२५ को आर्थिक वृद्धिको पूर्वानुमानलाई ३.२ देखि ४.२ प्रतिशतबाट २.३ देखि ३.३ प्रतिशतमा झारेको थियो।

प्रकाशित : १३ असार २०८२, शुक्रबार, ,