काठमाडौँ –भारतले इरानमा अलपत्र रहेका नेपाली नागरिकलाई स्वेदश फर्काउने भएको छ । भारतीय अधिकारीहरूलाई उदृत गर्दै इन्डियन एक्सप्रेसले ‘छिमेकी प्रथम नीति’का आधारमा नेपाली सहित श्रीलंकाली नागरिकलाई स्वदेश फर्काउन लागिएको उसले जनाएको छ ।
छिमेकीहरूसँगको कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित भारतले शनिबार इरानमा अलपत्र परेका र फर्कन चाहने नेपाली तथा श्रीलंकाली नागरिकहरूलाई पनि उद्धार गरी स्वदेश पठाइउने जनाइएको छ ।
दिल्लीस्थित अधिकारीहरूले द्वन्द्व, प्राकृतिक प्रकोप वा महामारीजस्ता संकटको बेला भारतले सधैं आफ्ना छिमेकीहरूलाई प्राथमिकताका साथ सहयोग गरेको स्मरण गर्दै यो पटक पनि सोही गर्न लागेको जनाएको छ ।
भारतले इरानी विमान सेवाबाट आफ्ना नागरिक दिल्लीमा ल्याइरहेको छ । शनिबार २ वटा विमान मार्फत नागरिकहरुलाई स्वदेश फर्काएको थियो । तेहरानस्थित भारतीय दूतावासले एक्समा एक पोस्ट गर्दै नेपाल र श्रीलंकाको सरकारको अनुरोधमा, इरानमा भारतीय दूतावासद्वारा सञ्चालन गरिने उद्धार अभियानमा ती दुई देशका नागरिकहरू पनि समेटिने उल्लेख गरेको छ ।























प्रतिक्रिया