breaking news

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं – नेपाली बजारमा आज (आईतबार) सुनको मूल्य बढेको छ । शुक्रबार एक लाख ९० हजार ४ सयमा कारोबार भएको सुन आज साताको पहिलो कारोबार दिन १ हजार ४ सयले बढेर एक लाख ९१ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी तोलामा २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ

प्रकाशित : ११ जेष्ठ २०८२, आइतबार, ,