breaking news

सशस्त्र प्रहरीका ६ एसएसपी डीआईजी बढुवा सिफारिस



काठमाडौं । सशस्त्र प्रहरी बलका ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा सिफारिस समितिले शुक्रबार उनीहरूलाई डीआईजी पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

सिफारिस सूचीअनुसार पहिलो नम्बरमा दिग्विजय सुवेदी रहेका छन् । दोस्रो नम्बरमा किरण बस्नेत, तेस्रोमा माधव प्रसाद पौडेल, चौथो नम्बरमा प्रवीण कँडेल, पाँचौँ नम्बरमा राजेश उप्रेती तथा छैटौँ नम्बरमा नेत्रबहादुर कार्की रहेका छन् ।

अब प्रक्रिया पूरा भएपछि मन्त्रिपरिषद्को निर्णयमार्फत बढुवा टुंगो लाग्नेछ ।

प्रकाशित : १२ बैशाख २०८३, शनिबार, ,