बलेफी गाउँपालिका -४ फ्याफुल्ल युवा कल्ब डांडागाउँमा बिहिवार आयोजित स्वास्थ्य शिविरमा ६५३ ले सेवा लिएका छन ।
एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियान अन्तर्गत सेवा प्रवाह गरिएको हो ।
विशेषज्ञ चिकित्सकसहित जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा बलेफी गाउँपालिका लगायतको समन्वयमा आयोजित शिविरमा सामान्य चिकित्सा, बालरोग, नाक, कान, घाँटी, आँखा, दाँत, मुख,क्षयरोगको स्कृनिङ, एक्सरे सेवा , स्त्री तथा प्रसूति, आयुर्वेद , स्वास्थ्य परीक्षण, उपचार र परामर्श सेवा तथा औषधि प्रदान गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईले जानकारी दिनुभयो ।
ग्रामीण भेग र आर्थिक अभावका कारण अस्पताल जान नसकेका बिरामीले शिविरबाट लाभ लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चेतन घिमिरेले बताउनुभयो ।
गाउँपालिका अध्यक्षता गंगा बहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा
प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेल रहनुभएको थियो ।
त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरु लामा तामाङ , प्रमुख प्रशासकिय अधिकृत होमबहादुर राउत , वडा अध्यक्ष सुर्जे तामाङ , फ्याफुल्ला युवा क्लबका अध्यक्ष देबेन्द्र तामाङ लगायत उपस्थित हुनुहुन्थ्यो ।बुधबार बलेफी गाउँपालिका-१ जलविरेमा आयोजित स्वास्थ्य शिविरमा ७६० ले सेवा लिएका थिए ।
























प्रतिक्रिया