काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतका चारवटा संसदीय समिति सभापतिहरुले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ।
बुधबार संघीय संसद सचिवालयले आयोजना गरेको समारोहमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल समक्ष सभापतिहरुले शपथ लिनुभएको हो।
राष्ट्रिय सभा अन्तर्गत रहेका समितिहरूमा निर्वाचित सभापतिहरू यसप्रकार छन्: विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा कृष्णप्रसाद पौडेल, विधायन व्यवस्थापन समितिको सभापतिमा कृष्णबहादुर रोकाय, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा जयन्तीदेवी राई, र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी।
उनीहरूलाई मंगलबार बसेको सम्बन्धित समितिको बैठकले निर्विरोध निर्वाचित गरेको थियो। शपथ ग्रहण कार्यक्रममा राष्ट्रिय सभा उपाध्यक्ष लिलाकुमारी भण्डारी, राष्ट्रिय सभाका सदस्यहरू तथा अन्य प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।























प्रतिक्रिया