breaking news

कति पुग्यो आज सुनको मुल्य?सुन–चाँदीको मूल्य ह्वात्तै बढ्यो,



काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७२ सय रुपैयाँले बढेर दुई लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुन प्रतितोला दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला २०५ रुपैयाँले वृद्धि भएर आज पाँच हजार २५ रुपैयाँमा कायम भएको छ।

गत सोमबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९१ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ७८० कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८७० र त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा ठूलो उछाल आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तत्काल आक्रमण स्थगित गर्ने निर्णय गरेपछि ऊर्जा संकट र महँगी बढ्ने त्रास केही कम भएको छ। यसले लगानीकर्तालाई सुरक्षित लगानीतर्फ आकर्षित गर्दै सुनको मूल्य उच्च विन्दुमा पुगेको विश्लेषकहरूले बताएका छन्।

प्रकाशित : २५ चैत्र २०८२, बुधबार, ,