काठमाडौं,१६ चैत। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउविरुद्ध दायर बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले जवाफ माग गरेको छ ।
ओलीको पक्राउ गैरकानुनी रहेको भन्दै दायर रिटमा सरकार र सुरक्षा निकायलाई लिखित कारण पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको हो ।ओलीको बन्दीप्रत्यक्षीकरण रिटमा न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले उक्त आदेश दिएको हो । ओलीको हकमा उनकी पत्नी राधिका शाक्यले बन्दीप्रत्यक्षीकरण रिट निवेदन दिएकी थिइन् ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई चैत १४ गते पक्राउ गरिएको थियो । भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा अनुसन्धानका लागि उनीहरू पक्राउ परेका हुन् ।
दुवैजनालाई जिल्ला अदालत,काठमाडौंले पाँच दिन हिरासतमा राख्न आइतबार अनुमति दिएको छ ।(फाईल तस्बिर)























प्रतिक्रिया