बिहान ड्रोन आक्रमण भएको छ। आक्रमणका कारण विमानस्थल आसपास रहेको इन्धन ट्याङ्कीमा आगलागी भएपछि सुरक्षा सतर्कता अपनाउँदै सबै उडानहरू अस्थायी रूपमा स्थगित गरिएको छ।
दुबई नागरिक उड्डयन प्राधिकरण ले जारी गरेको विज्ञप्तिअनुसार यात्रु र कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न सावधानीका रूपमा उडानहरू रोक्ने निर्णय गरिएको हो। दुबई मिडिया अफिस का अनुसार इन्धन ट्याङ्कीमा लागेको आगो अहिले पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ।
घटनापछि विमानस्थलका टर्मिनलहरू खाली गराइएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार सयौँ यात्रुलाई सुरक्षित स्थानमा सारिएको छ भने उडानको प्रतीक्षामा रहेका करिब १,००० यात्रुलाई एसेम्बली प्वाइन्टमा भेला गरिएको छ। केही उडानहरू धावनमार्गमै रोकिएका छन् भने कतिपयलाई अन्य विमानस्थलतर्फ डाइभर्ट गरिएको छ।
यसबीच एमिरेट्स एयरलाइन्स ले सामाजिक सञ्जालमार्फत यात्रुहरूलाई हाल विमानस्थल नआउन आग्रह गरेको छ। कम्पनीले यात्रु र चालक दलको सुरक्षा नै पहिलो प्राथमिकता रहेको जनाएको छ। यात्रुहरूलाई आफ्नो उडानसम्बन्धी पछिल्लो जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न पनि सुझाव दिइएको छ।
ड्रोनको ‘इम्प्याक्ट’ बाट हालसम्म कुनै मानवीय क्षति भएको जानकारी प्राप्त नभएको सुरक्षा निकायले जनाएको छ। घटनाको विस्तृत अनुसन्धान जारी रहेको बताइएको छ।























प्रतिक्रिया