breaking news

समानुपातिक उम्मेदवार टुंग्याउन कांग्रेस र रास्वपाको बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवारको नाम टुंगो लगाउन आज बैठक बस्ने तयारी गरेका छन्।

नेपाली कांग्रेसले आज दिउँसो १ बजे पार्टी मुख्यालय बीपी स्मृति भवन, सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्येबाट दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधिसभा सदस्य छनोट गरी निर्वाचन आयोग नेपाल मा पठाउने विषयमा बैठकमा छलफल हुनेछ।

उता रास्वपाको सचिवालय बैठक पनि आज बिहान १० बजे बस्ने तय भएको छ। यसअघि शनिबार बस्ने भनिएको बैठक पार्टी सभापति रवि लामिछाने को निर्देशनमा आजका लागि सारिएको हो।

काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयमा बस्ने उक्त बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक उम्मेदवार सिफारिससम्बन्धी विषयमा छलफल हुने रास्वपाले जनाएको छ। साथै बैठकमा पार्टीका समसामयिक तथा अन्य विविध विषयमा पनि छलफल हुने बताइएको छ।

प्रकाशित : १ चैत्र २०८२, आइतबार, ,