breaking news

तीन वटा समुहले कमाउँदा १० वटाले गुमाए आठ अंकले घट्यो नेप्से,



काठमाडौं । नेप्से घटेको छ । आज सोमबार नेप्से आठ दशमलव १६ अंकले घटेर २६ सय ६२ दशमलव ९१ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव शुन्य छ अंकले घटेर चार सय ५५ दशमलव ६६ अंकमा पुगेको छ । तीन सय ३५ वटा कम्पनीहरुको ८० हजार पाँच सय ५९ पटकको कारोबारमा एक करोड ९६ लाख १६ हजार तीन सय ९५ कित्ता शेयर किनबेच भएका छन् भने कुल रकम सात अर्ब ९४ करोड २७ लाख ६० हजार दुई सय २० रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा तीन वटा समुहले कमाएपनि बाँकी समुहले गुमाएका छन् । ति मध्ये फाईनान्स समुहको सुचक १३ दशमलव ७९ अंकले बढेर २४ सय ७० दशमलव ५७ अंकमा पुग्दा होटल तथा पर्यटन र उत्पादनमुलक समुहको सुचक पनि बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने एक दशमलव ७५ अंकले घटेर १३ सय ६२ दशमलव ९६ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ३६ दशमलव ७३ अंकले घटेर तीन हजार पाँच सय ५६ दशमलव ३२ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ७० दशमलव ४१ अंकले घटेर १२ हजार छ सय ८८ दशमलव ७२ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ५७ दशमलव ५५ अंकले घटेर १० हजार नौं सय ३२ दशमलव २३ अंकमा पुगेको छ । बिकास बैंक, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बुद्धभुमी हाईड्रोपावर कम्पनी लिमिटेडले सबैभन्दा बढी कमाउँदा खानीखोला हाईड्रो पावर कम्पनीले सबैभन्दा बढी गुमाएको छ । रिडी पावर कम्पनी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।

प्रकाशित : ४ फाल्गुन २०८२, सोमबार, ,