breaking news

राष्ट्रियसभामा ‘चलचित्र विधेयक, २०८१’ पेस गर्दै प्रधानमन्त्री कार्की



काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालिरहनुभएकी प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रियसभाको बैठकमा ‘चलचित्र विधेयक, २०८१’ पेस  गर्ने भएकी छन् ।

सङ्घीय संसद् सचिवालयका अनुसार अपराह्न १ः१५ बजे बस्ने बैठकमा प्रधानमन्त्री कार्कीले उक्त विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दै पारितका लागि सभासमक्ष राख्ने कार्यसूची छ।

यसैबीच, आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन् ।

बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्नेछिन् ।

त्यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९’ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ।

 

प्रकाशित : २८ माघ २०८२, बुधबार, ,