काठमाडौं – नायिका आना शर्मा स्टारर फिल्म ‘रमिताको पिरती’को शीर्ष र्याप गीत युट्युबर तथा र्यापर कुशल पोखरेलले गाएका छन् ।
निर्माण पक्षले शनिबार कुशलको स्वर र शब्द रहेको गीत ‘फोन नगर’ सार्वजनिक गरेको हो ।
युट्युबमा सार्वजनिक यस गीतको भिडियोमा कुशल पनि फिचर्ड छन् । भिडियोमा नायिका आना शर्मा हाबी छिन् । ब्रेकअपपछिको घटनामा यो गीत बनेको छ । झोलेइज्मको निर्देशनमा भिडियो तयार भएको हो ।
यही फिल्मको लेखक र निर्देशक सुदिप्ता हुन् । उनको यो डेब्यू फिल्म हो ।























प्रतिक्रिया