समाचार

आईसीसी महिला टी–२० ग्लोबल छनोटः थाइल्यान्डविरुद्द पहिले ब्याटिङ गर्दै नेपाल



काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गतको पहिलो खेलमा नेपालले टस गुमाएको छ । थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले टस जित्दै पहिले बलिङ गर्ने निर्णय गरेकी हुन् ।

समूह ‘बी’ मा रहेको नेपालले थाइल्यान्डसहित नेदरल्यान्ड्स, जिम्बाबे र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

समूह चरणमा शीर्ष तीन स्थानमा रहन सके नेपाली टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछ । सुपर सिक्सबाट शीर्ष चारमा पर्न सफल टोलीले टी–२० विश्वकपमा स्थान बनाउने प्रावधान छ ।

घरेलु मैदानमै खेल्दै विश्वकपमा छनोट हुने ऐतिहासिक अवसर नेपाली महिला टोलीका लागि रहेको छ ।

 

प्रकाशित : ४ माघ २०८२, आइतबार, ,