समाचार

नेपाली कांग्रेसको बहुमत केन्द्रीय सदस्य निर्वाचन आयोग पुगे



काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका बहुमत केन्द्रीय सदस्यहरू निर्वाचन आयोग पुगेका छन्।देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक रहेको दाबीसहित उनीहरू आयोगमा उपस्थित भएको जानकारी दिइएको छ। सभापति खड्का, उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरू, नेता शेखर कोइराला लगायतका नेता–कार्यकर्ता आयोगमा उपस्थित छन्।

एक नेताका अनुसार, विशेष महाधिवेशन आव्हान नगरिएको र गगन–विश्व नेतृत्वको कार्यसमिति अवैध भएको विषयमा निर्वाचन आयोगलाई जानकारी गराउन आफूहरू आएको हो।

 

प्रकाशित : २ माघ २०८२, शुक्रबार, ,