एनएमबि बैंक लिमिटेडले आफ्नो ३०औँ वार्षिक साधारण सभा बिहीबार सफलतापूर्वक सम्पन्न गरेको छ। काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजित सभाले बैंक सञ्चालक समितिद्वारा प्रस्तावित लाभांशसहितका एजेन्डाहरू पारित गरेको हो।
बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ।
स्वीकृत लाभांश अन्तर्गत ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश वितरण गरिनेछ। उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट अनुमोदनपछि वितरण गरिने बैंकले जनाएको छ।
सभामा बैंकको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गर्दै पारित गरिएको थियो। साथै, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले स्वीकृत गरेको छ।























प्रतिक्रिया