breaking news

कतिमा हुँदैछ कारोबार ? सुनचाँदीको भाउमा भारी गिरावट,



काठमाडौँ । पछिल्ला दिनमा लगातार बढिरहेको सुनचाँदीको मूल्य मंगलबार एकाएक घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला ७ हजार ९ सय रुपैयाँले घटेको हो।

सोमबार प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार घटेर २ लाख ६२ हजार १ सय रुपैयाँमा झरेको छ। आइतबार भने सुनको भाउ प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ रहेको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि मंगलबार घटेको छ। चाँदीको भाउ प्रतितोला ३ सय ५ रुपैयाँले घट्दै ४ हजार ५ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

आइतबार प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर ४ हजार ८ सय ९५ रुपैयाँ

प्रकाशित : १५ पुस २०८२, मंगलबार, ,