तारादेवि नेपाल,सिन्धुपाल्चोक। स्थानीय सरकारको पाँच वर्षे कार्यकालमा तीन वर्ष पूरा हुँदै गर्दा बलेफी गाउँपालिकाको जनता संग हातेमालो गर्दै पालिका अध्यक्षको जिम्मेवारीको यात्रा सफलता पुर्वक निर्वाह गरेको कुरा पालिका प्रमुख गंगा बहादुर तामाङले बताउनुभयो ।उर्जाशिल खबर डटकम सगको कुराकानिमा पालिका प्रमुख गंगा बहादुर तामाङले तीन वर्षे अवधिको स्मरण गर्दै सामाजिक न्याय, सुशासन, बिकास, स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि, पर्यटन लगायतका सबै क्षेत्रमा उल्लेख्य कामहरु भएको बताउनुभयो ।
जनताले उठाएका बिषयहरुलाई प्राथमिकतामा राख्दै जनताको घरदैलोमा पुगेर जनताका आवाजहरू सम्बोधन गर्ने तर्फ आफू सदैब लागि परेको बताउनुभयो ।तीन वर्षे बलेफी गाउँपालिकाको दिगो विकास हाम्रो गाउँपालिकाको मेरुदण्ड भएकाले पूर्वाधारको विस्तारसँगै वातावरणीय संवेदनशीलता र सामाजिक न्यायलाई सँगै अँगालिएको कुरा पालिका प्रमुख गंगा बहादुर तामाङले बताउनुभयो ।पालिका प्रमुख गंगा बहादुर तामाङले तीन वर्षको सफल यात्रामा आफुले बलेफि गाउ वासीको हरेक मुस्कान, हरेक आशा, र हरेक सपनालाई आत्मसात गर्दै जनहितको सेवामा समर्पित गर्दै आएको बताउनुभयो ।
बाँकी रहेको दुई वर्षको समय पालिकाबासीको सेवामा प्रभावकारी, समावेशी र दिगो बलेफी गाउँपालिका निर्माणमा समर्पित हुने उहाँको भनाई थियो।बलेफी गाउँपालिकाको विकास, समृद्दिलाई परिस्कृत गर्न बाकी समय सबै गाउँपालिका वासीको हितमा काम गरेर नमूना बलेफी गाउँपालिकाको रुपमा बलेफी गाउँपालिकालाई चिनाउन आफू सधै लागि पर्ने पालिका प्रमुख तामाङले बताउनु भयो।























प्रतिक्रिया