समाचार

महालक्ष्मी नगरपालिकाको दीगो बिकास मेरो प्राथमिकता :- नगर प्रमुख हरि गोविन्द श्रेष्ठ



तारादेवि नेपाल,काठमाडौं।स्थानीय सरकारको पाँच वर्षे कार्यकालमा तीन वर्ष पूरा हुँदै गर्दा महालक्ष्मी नगरपालिकामा जनता संग हातेमालो गर्दै नगर प्रमुखको जिम्मेवारीको यात्रा सफलता पुर्वक निर्वाह गरेको कुरा महालक्ष्मी नगरपालिका नगर प्रमुख हरि गोविन्द श्रेष्ठले  बताउनुभयो ।उर्जाशिल खबर डटकम सगको कुराकानिमा नगर प्रमुख हरि गोविन्द श्रेष्ठले तीन वर्षे अवधिको स्मरण गर्दै सामाजिक न्याय, सुशासन, बिकास, स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि, पर्यटन लगायतका सबै क्षेत्रमा उल्लेख्य कामहरु भएको बताउनुभयो ।

जनताले उठाएका बिषयहरुलाई प्राथमिकतामा राख्दै जनताको घरदैलोमा पुगेर जनताका आवाजहरू सम्बोधन गर्ने तर्फ आफू सदैब लागि परेको बताउनुभयो । तीन वर्षे यात्रामा नगरको दिगो विकास हाम्रो नगरपालिकाको मेरुदण्ड भएकाले पूर्वाधारको विस्तारसँगै वातावरणीय संवेदनशीलता र सामाजिक न्यायलाई सँगै अँगालिएको नगर प्रमुख हरि गोविन्द श्रेष्ठले बताउनुभयो ।नगर प्रमुख हरि गोविन्द श्रेष्ठले तीन वर्षको सफल यात्रामा आफुले महालक्ष्मी नगर वासीको हरेक मुस्कान, हरेक आशा, र हरेक सपनालाई आत्मसात गर्दै जनहितको सेवामा समर्पित गर्दै आएको बताउनुभयो ।
बाँकी रहेको दुई वर्षको समय नगरवासीको सेवामा प्रभावकारी, समावेशी र दिगो महालक्ष्मी नगर निर्माणमा समर्पित हुने उहाँको भनाई थियो। महालक्ष्मी नगरपालिकाको विकास, समृद्दिलाई परिस्कृत गर्न बाकी समय नगर वासीको हितमा काम गरेर नमूना नगरको रुपमा महालक्ष्मी नगरपालिकालाई चिनाउन आफू सधै लागि पर्ने नगर प्रमुख हरि गोविन्द श्रेष्ठले बताउनु भयो।

प्रकाशित : १२ पुस २०८२, शनिबार, ,