breaking news

सरकारले सुरक्षा दिए चुनावमा जान तयार छौँ, एमाले पनि तयार छ : सभापति देउवा



काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दलहरू निर्वाचनमा जान तयार रहेको बताएका छन् ।

शनिबार प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको प्रमुख तीन दलका शीर्ष नेताहरूसँगको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सबै दलहरु चुनावका लागि तयार रहेको बताएका हुन् ।

यद्यपि चुनावको वातावरण अझै बनिनसकेको उनको भनाइ छ । उनले सरकारलाई चुनावको वातावरण बनाउनका लागि सुरक्षाको व्यवस्था गर्न आग्रह गरे ।

उनले नेकपा एमाले पनि चुनावमा जान तयार रहेकोे बताए ।

प्रकाशित : १२ पुस २०८२, शनिबार, ,