देश / प्रदेश

लुम्बिनीमा ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ शुरु



काठमाण्डौ – लुम्बिनीमा ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ शुरु भएको छ । न्युज फेस्टिबलमा ‘मोफसल’को पत्रकारिता, सङ्घीयतामा पत्रकारिता क्षेत्रको संरचना, आर्थिक विकास र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा पत्रकारिताको भूमिका, समाचारका विषय, लेखन र साहित्य, कलाका विषयमा अग्रज पत्रकार, सम्पादक, लेखक, संवाददाता सहभागी भएर बहसको सृजना गरिने भएको छ ।

लुम्बिनी प्रेस क्लब रुपन्देहीले आयोजना गरेको न्युज फेस्टिबल तीन दिनसम्म हुने क्लबका अध्यक्ष कमल रायमाझीले जानकारी दिनुभयो । लुम्बिनी बौद्ध विश्वविद्यालयको सभाहलमा आयोजना भएको कार्यक्रममा पत्रकारिता, लुम्बिनीको पर्यटन प्रवद्र्धन र यस क्षेत्रका मुद्दाहरुलाई राष्ट्रिय–अन्तरराष्ट्रियकरण गर्न फेस्टिबल आयोजना गरिएको अध्यक्ष रायमाझीले बताउनुभयो ।

प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासङ्घ, मूलधारका छापा, मूलधारका टेलिभिजनका सम्पादक, मूलधारका अनलाइनका सम्पादक लगायत सहभागी हुने ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ मा भारतका विभिन्न क्लवहरुको पनि सहभागीता रहनेछ । ‘सीमापार सम्बन्धः आवश्यकता र सम्भावना’, ‘लुम्बिनीः लगानी र पर्यटनको सामथ्र्य’ र ‘पत्रकारितामा प्रश्नः जिम्मेवारी र जवाफदेहिता’ विषयमा समूहगत छलफल हुनेछ ।

प्रकाशित : १२ पुस २०८२, शनिबार, ,