काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार तीन दशमलव २७ अंकले बढेर २५ सय ८४ दशमलव ४९ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५७ अंंकले बढेर चार सय ४७ दशमलव ५८ अंकमा चढेको छ । तीन सय २८ वटा कम्पनीहरुको ९२ हजार सात सय ४६ पटकको कारोबारमा ७६ लाख ६८ हजार नौं सय १५ कित्ता शेयर किनबेच भएका छन् भने कुल कारोबार रकम तीन अर्ब ४२ करोड ९८ लाख ९३ हजार नौं सय ४२ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा छ वटा समुहले गुमाएका छन् भने बाँकी समुहले कमाएका छन् । ति मध्ये आज बिकास बैंक समुहको सुचक आठ दशमलव ९५ अंकले घटेर ५३ सय ५४ दशमलव ७४ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि एक सय दुई दशमलव ८९ अंकले घटेर १२ हजार आठ सय ३३ दशमलव ६७ अंकमा पुुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि १७ दशमलव ४५ अंकले घटेर १० हजार सात सय एक दशमलव ३२ अंकमा पुगेकोमा लगानी, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि घटेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने एक दशमलव ३७ अंकले बढेर १३ सय ४२ दशमलव ८४ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि नौ दशमलव ७८ अंकले बढेर ३३ सय दुई दशमलव ६८ अंकमा पुगेको छ । फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज एसवाई प्यानल लिमिटेडले सबैभन्दा बढी कमाउँदा सिटिजन्स लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी गुमाएको छ । एसवाई प्यानल कै आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।
























प्रतिक्रिया