breaking news

सिन्धुपाल्चोक एमालेको भरोसायोग्य नाम :टासी लामा



नेकपा एमालेको एघारौँ महाधिवेशनमा सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामा पनि केन्द्रीय सदस्यका उम्मेदवार बन्ने भएका छन् ।

दोस्रो पटक पाँचपोखरी थाङ्पाल गाउँपालिका  अध्यक्ष जितेका लामा स्थानीय तहका लोकप्रिय नेताको रूपमा परिचित छन् । नेकपा एमालेका अध्यक्ष केपी ओली लगेर गाउँपालिकाको भव्य भवन उद्घाटन गरेका लामालाई ओलीले कार्यक्रममै धेरै प्रशंसा गरेका थिए । उनले महाधिवेशन प्रतिनिधि बन्ने बेला पनि लोकप्रिय मत पाएका थिए ।

अल्पसङ्ख्यक ह्योल्मो जातीको प्रतिनिधित्व पनि हुने हुँदा टासीलाई केन्द्रीय सदस्य बनाउन प्रक्रिया सुरु गरिएको नेकपा एमाले जिल्ला कमिटीका एक सदस्यले बताए । सिन्धुपाल्चोकमा विद्यार्थी आन्दोलनमा लागेर दुःख गरेका टासी एमालेको जुझारु नेतामा पर्दछन् । उनका लागि सिन्धुपाल्चोकका नेताहरू सामूहिक रूपमा लागिरहेको ती सदस्यको भनाइ छ ।

प्रकाशित : १ पुस २०८२, मंगलबार, ,