मेलम्चीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवातमा अभिमुखिकरण गरिएको छ । मेलम्ची नगरपालिका नगर प्रमुख आइतमान तामाङकाे अध्यक्षता,उपप्रमुख उमा प्रधानज्यु, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र,साइवर व्युराेका प्रहरी निरीक्षक सतेन्द्र कुमार मिश्र, सुरक्षा निकायका प्रमुख,वडा अध्यक्ष,कार्यपालिका सदस्य,संस्थाका अध्यक्ष तथा प्रतिनिधि लगायत सरोकारवाला हरुको उपस्थितिमा कार्यक्रम गरिएको हो । मेलम्ची नगरपालिकाकाे आयाेजना र महिला आत्म निर्भरता केन्द्र, फेयरमेडकाे समन्वय र सहयाेगमा लैङ्गिक संवेदनशिलता सम्बन्धि अभिमुखिकरण, म हिंसा गर्दिनँ र हिंसा सहदिन्न भन्ने मर्मका साथ लगाइने सेताे रिवन वितरण गरि सम्पन्न भएकाे छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान २०८२ ,नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाउने गरिन्छ यस बर्षकाे राष्ट्रिय नारा -“प्रविधिको सहि प्रयोग गरौं : लैङ्गिक हिंसा अन्त्य गरौं नाराका साथ मनाउने कार्यक्रममा १६ दिन सम्म विभिन्न कार्यक्रम गरि मनाइने छ ।
कार्यक्रममा उप प्रमुख उमा प्रधानले लैङ्िगक हिँसा न्यूनीकरणका लागि सबै पक्ष लाग्नु पर्नेमा जोड दिनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत मिश्रले माध्यमिक विद्यालयमा यस सम्बन्धि कार्यक्रम गरिने बताउनुभयो ।
,साइवर व्युराेका प्रहरी निरीक्षक सतेन्द्र कुमार मिश्रले साइबर क्राइम सम्बन्धि जानकारी गराउनुभयो । 
























प्रतिक्रिया