काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो १ बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने भएको छ। बैठकबारे जानकारी दिँदै केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यस बैठकले आगामी महाधिवेशनका लागि आवश्यक महत्वपूर्ण निर्णयहरू गर्ने बताए।
गौतमका अनुसार महाधिवेशन तयारीका लागि आवश्यक उपसमितिहरू गठन गर्नुका साथै अन्य पूर्वतयारीसम्बन्धी निर्णयहरू पनि यसै बैठकबाट हुने छन्। जेन–जी आन्दोलनका क्रममा जलेर क्षतिग्रस्त बनेको च्यासल कार्यालय मर्मतपछि सचिवालय बैठक पहिलोपटक त्यहीँ बस्न लागिएको हो।
एमालेले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर, गुण्डुस्थित निवासमै सचिवालय बैठक गर्दै आएको थियो। हाल च्यासलस्थित पार्टी कार्यालय आंशिक रूपमा सञ्चालनमा आइसकेको छ। संगठन विभाग र संसदीय दलका बैठकहरू च्यासलमै बसिसके पनि पार्टी सचिवालयको बैठक भने पहिलोपटक त्यहाँ बस्न लागेको गौतमले जानकारी दिए।























प्रतिक्रिया