काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले यूएईविरुद्ध दोस्रो खेलमा पहिला ब्याटिङ गर्ने भएको छ। दुबईस्थित आईसीसी एकेडेमी मैदानमा टस जितेर नेपालले पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।
सिरिजअन्तर्गत यो दुवै टोलीको दोस्रो खेल हो। पहिलो खेलमा दुबै टोली अमेरिकासँग पराजित भएका थिए। उक्त खेलमा नेपाल १०६ रनले पराजित भएको थियो भने यूएई चार विकेटले हारको सामना गरेको थियो।
नेपालका लागि यो खेल जित्नै पर्ने बाध्यता रहेको छ । लिग–२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग पराजित भएको थियो । उक्त पराजयपछि अंकतालिकामा नेपालको स्थिति थप दबाबमा छ ।
मङ्गलबार राति सम्पन्न खेलमा अमेरिकाले आयोजक यूएईलाई चार विकेटले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको थियो । यसअघि अमेरिकाले नेपाललाई १०६ रनले हराएको थियो ।
अमेरिकाविरुद्ध कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपालले आज घरेलु टोली यूएईलाई हराउन थप मिहिनेत गर्नुपर्ने देखिन्छ । नेपालले यूएईसँगको खेलपछि आगामी कात्तिक १५ गते शनिबार अमेरिकासँग र अन्तिम खेल कात्तिक १९ गते बुधबार पुनः यूएईसँग खेल्नेछ ।
हालसम्म विश्वकप लिग–२ मा १७ खेल खेलेको नेपालले १२ अंक जोडेको छ । समान खेल खेलेको यूएईसँग ६ अंक मात्र छ । अंकतालिकामा नेपाल सातौं स्थानमा रहेको छ भने यूएई आठौं स्थानमा छ । २२ खेल खेलिसकेको अमेरिका भने ३२ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ























प्रतिक्रिया