breaking news

धादिङमा सुख्खा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध



धादिङ । बेनीघाट रोराङ गाउँपालिका–१०, जवाङखोलामा सोमबार राति खसेको सुख्खा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

मंगलबार बिहान पुनः ठूलो पहिरो खसेपछि सडक पन्छाउने तत्काल सम्भावना नरहेको प्रहरीले जनाएको छ।

धादिङ प्रहरीले यात्रुहरूलाई सुरक्षित स्थानमै बस्न तथा वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ। सडक अवरुद्ध हुँदा यात्रु लामो जाममा फसेका छन्।

यसअघि शुक्रबार साँझ मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिकै पनि सुख्खा पहिरो खसेर ४० घन्टा आवागमन ठप्प भएको थियो। मंगलबार त्यहाँ पनि फेरि पहिरो खसेको छ।

प्रकाशित : ७ आश्विन २०८२, मंगलबार, ,