काठमाडौं । सरकारले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जालहरू पुनः सञ्चालनमा आएको जानकारी दिएका छन् ।
उनका अनुसार, आन्दोलनलाई मुख्य कारण देखाउँदै सरकारले सामाजिक सञ्जाल पुनः खुला गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले प्रतिबन्धित सामाजिक सञ्जालमध्ये एक्सले नेपालमा दर्ता गर्न अस्वीकार गरेको र नेपालको राष्ट्रिय स्वाभिमानलाई बेवास्ता गर्ने ढंगले प्रतिक्रिया दिएको जानकारी गराएका थिए ।
यसअघि, भदौ १९ गते सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत सामाजिक सञ्जाल बन्द गराएको थियो ।























प्रतिक्रिया