काठमाडौं । नेप्सेमा उछाल देखिएको छ । अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से आज बुधबार ५३ दशमलव शुन्य एक अंकले बढेर २८ सय १९ दशमलव १० अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ५२ अंकले बढेर चार सय ८३ दशमलव ४२ अंकमा चढेको छ । तीन सय २१ वटा कम्पनीहरुको ७२ हजार पाँच सय २८ पटकको कारोबारमा आज एक करोड ४९ लाख ८६ हजार एक सय ४२ कित्ता शेयर खरिद किनबेच हुँदा कुल कारोबार रकम सात अर्ब ६८ करोड ३३ लाख ८६ हजार चार सय ४१ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुहको सुचक बढेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १९ दशमलव ८५ अंकले बढेर १४ सय ५२ दशमलव ७३ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ६५ दशमलव ७९ अंकले बढेर तीन हजार छ सय १२ दशमलव ४० अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय ८८ दशमलव ४२ अंकले बढेर १३ हजार दुई सय ८१ दशमलव ५२ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि दुई सय सात दशमलव २३ अंकले बढेर १२ हजार पाँच सय १९ दशमलव ७४ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले बढेका छन् ।
नेप्सेमा आज बिकास हाईड्रोपावर कम्पनीले सबैभन्दा बढी कमाउँदा कुमारी बैंकको ऋणपत्रले सबैभन्दा बढी गुमाएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।
























प्रतिक्रिया