काठमाडौं । नेप्से उच्च अंकले घटेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से १८ दशमलव शुन्य दुई अंकले घटेर २७ सय ३९ दशमलव ९५ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव शुन्य छ अंकले घटेर चार सय ७१ दशमलव १९ अंकमा पुगेको छ । तीन सय २३ वटा कम्पनीहरुको ५८ हजार एक सय पाँच पटकको कारोबारमा एक करोड ४० लाख नौं हजार सात सय आठ कित्ता शेयर खरिद किनबेच हुँदा आज कुल कारोबार रकम छ अर्ब ५४ करोड ८६ लाख ३८ हजार तीन सय ३५ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा उत्पादनमुलक समुहको सुचक १२ दशमलव शुन्य नौं अंकले बढेपनि बाँकी समुहहरुको सुचक उच्च अंकले घटेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १२ दशमलव ७४ अंकले घटेर १४ सय २२ दशमलव ४८ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ४२ दशमलव ८५ अंकले घटेर ३५ सय ३२ दशमलव ४९ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ५७ दशमनलव १० अंकले घटेर १२ हजार नौं सय १२ दशमलव ७१ अंकमा पुगेको छ भने नीर्जिवन बीमा समुहको सुचक पनि ६२ दशमलव ६५ अंकले घटेर १२ हजार दुई सय ८६ दशमलव १९ अंंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बिकास हाईड्रोपावर कम्पनीले सबैभन्दा बढी कमाउँदा नारायणी डेभलपमेन्ट बैंकले सबैभन्दा बढी गुमाएको छ । हिमालयन डिष्ट्रिलरी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।
























प्रतिक्रिया