मुख्य समाचार

पछिल्लो समय काठमाडौँ उपत्यकामा सवारीको चाप बढ्दा सडक यातायात अस्तव्यस्त



काठमाडौँ । पछिल्लो समय काठमाडौँ उपत्यकामा सवारीको चाप बढ्दा सडक यातायात अस्तव्यस्त बनेको छ । प्रत्येक चोक–चोकमा जाम, गन्तव्यमा पुग्नै कठिन । जसकारण यात्रुले सास्ती खेपिरहेका छन् । यतिमात्र होइन दुर्घटनाको जोखिम बढेको छ । त्रिपुरेश्वर, माइतीघर र थापाथली चोकमा ट्राफिक लाइट चलाउन सक्ने क्षमता नै नभएको सडक विभागको सडक सुरक्षा तथा ट्राफिक महाशाखा प्रमुख राकेश महर्जन बताउँछन्

ट्राफिक महाशाखा प्रमुख महर्जनका अनुसार काठमाडौँ उपत्यकामा कुल ६७ वटा चोकमा ट्राफिक लाइट जडान गरिएको छ । यसमध्ये सडक विभागअन्तर्गत जडान भएका लाइट ४८ वटा छन् । बाँकी निजी क्षेत्र, बैंक र एनजीओहरूले जडान गरेका हुन् ।

यस्तै सडक विभागले जडान गरेको ४८ स्थानमध्ये ३९ स्थानमा चालु छन् भने ९ स्थानमा मर्मतका लागि ठेक्का खुलाइएको छ । यही सातामा निर्माण व्यवसायीसँग सम्झौता हुने र मर्मत प्रक्रिया अघि बढाइने महर्जन बताउँछन् ।

प्रकाशित : २० श्रावण २०८२, मंगलबार, ,