back

एमाले प्रतिनिधि परिषद् बैठकमा समूहगत छलफल सकियो

काठमाडौं । नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा समूह छलफल सकिएको छ ।

बैठकमा शनिबार प्रस्तुत भएका प्रतिवेदन माथि समूहगत छलफल भएको हो । प्रतिनिधिको ६ वटा समूह बनाई समूह छलफल गरिएको थियो । बैठकमा २४ सय ५४ प्रतिनिधि सहभागी छन् ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले प्रस्तुत गर्नुभएको सांगठानिक प्रतिवेदन तथा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले प्रस्तुत गर्नुभएको प्रतिवेदन माथि छलफल भएको हो ।
बैठकमा समूहगत छलफलका साथै व्यक्तिगत र लिखित रूपमा थप विचार तथा सुझाव पनि दिइएको छ ।

समूहगत छलफलको निष्कर्ष समूह नेताहरूले प्रस्तुत गर्नुभएको छ । समूह एकबाट मोहनमाया ढकाल, दुईबाट कृष्णप्रसाद जैसी, तीनबाट ठाकुर गैरे, चारबाट शान्ति पाख्रिन, पाँचबाट ऋषिकेश पोखरेल र ६ बाट श्यामकुमार बस्नेतले प्रतिवेदन माथिका समूह छलफलका सुझाव प्रस्तुत गर्नुभएको छ । ती सुझाव समेत समेटेर प्रतिवेदनलाई अन्तिम रूप दिइने छ । परिषद् बैठक आजै समापन हुँदै छ ।


आज ११बजे संसदीय समितिको बैठक बस्दै

आज ११बजे संसदीय समितिको बैठक बस्दै

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०८:३७

काठमाडौ,आज महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन...

बिश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकार महासंघको प्रभातफेरी

बिश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकार महासंघको प्रभातफेरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०८:१६

काठमाडौं । नेपाल पत्रकार महासंघले महासंघको २७ औं केद्रिय महाधिवेशन–२०८१...

राष्ट्र बैंकले गर्यो चार वाणिज्य बैंक र दुई विकास बैंकलाई कारवाही

राष्ट्र बैंकले गर्यो चार वाणिज्य बैंक र दुई विकास बैंकलाई कारवाही

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०७:५८

काठमाडौ । नेपाल राष्ट्र बैंकले ४ वटा वाणिज्य बैँक र...

हेर्नुहोस् आजको राशिफल २०८१बैशाख २०गते बिहिबारको

हेर्नुहोस् आजको राशिफल २०८१बैशाख २०गते बिहिबारको

वि.सं.२०८१ वैशाख २० बिहीवार ०८:५४

मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले,...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री

वि.सं.२०८१ वैशाख १९ बुधवार १७:४३

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

फेरि सुनको भाउ ओरालो लाग्दै!!

फेरि सुनको भाउ ओरालो लाग्दै!!

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१६

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख...