back

परिवर्तनको लागि सौर्य समाजको पहिलो साधारणसभा सम्पन्न

काठमाडौं ।परिवर्तनको लागि सौर्य समाज काठमाडौंको वार्षिक साधारण सभा संस्थाको अध्यक्ष रमिला श्रेष्ठ शाक्यको अध्यक्षतामा, प्रमूख अतिथि माननीय सभासद सपना राजभण्डारी, विशेष अतिथि सविंधान सभा सदस्य राज्यलक्ष्मी शाक्य, अतिथि मानव अधिकार संगठनका उपाध्यक्ष सुरेन्द्र मानन्धरको उपस्थिति रहेको थियो । सो कार्यक्रममा ११ सदस्य कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित भएको छ । संस्थाकी सदस्य राधा ज्ञावालीले उपस्थित सबैलाई शब्दद्वारा स्वागत गर्नु भएको थियो । सदस्य एवं प्रवक्ता विनिता पुरीले संस्थाको उद्देश्यको बारे जानकारी गराउनु भयो । कार्यक्रममा प्रमुख अतिथि माननीय राजभण्डारीले संस्थाको उदेश्य अत्यन्तै राम्रो भएको र आगामी दिनमा यो संस्थाले पक्कै पनि नमुना भन्ने कुरा बताउनु भयो । विशेष अतिथि शाक्यले संस्था स्थापना गर्नु ठूलो कुरा नभएको तर संस्थालाई चलामान बनाई उदेश्य अनुसार काम गर्नु चाहिँ मुख्य कुरा भएको बताउनु भयो । अतिथि मानन्धरले काम गर्दा सधैं मानब हितमा काम गर्न आग्रह गर्नु भयो । संस्थाका सचीव अनुपमान राजभण्डारीले कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रममा उपस्थित अतिथिहरुलाई मायाको चिनो स्वरुप बिरुवा दिइएको थियो।

यस सौर्य समाजको विधान अनुसार प्रमुख निर्वाचन अधिकृत अधिवक्ता प्रल्हाद महत, सदस्य टिका प्रसाद घिमिरे र धन थापा मगरको निर्वाचन मण्डलले उम्मेदवारी दर्ता भई आएका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरु सर्वसम्मत रुपमा निर्वाचित भएको घोषणा गरि सपथ ग्रहण गराउनु भएको छ । निर्वाचित सबैलाई प्रमुख निर्वाचन अधिकृत अधिवक्ता प्रल्हाद महतले माला लगाई बधाई दिनुभएको थियो ।

नव निर्वाचित कार्य समितिको विवरण:-
१. अध्यक्ष : रमिला श्रेष्ठ
२. उपाध्यक्ष: शान्ती श्रेष्ठ आचार्य
३. सचिव: अनुपमान राजभण्डारी
४. कोषाध्यक्ष : सुर्य बहादुर अधिकारी
५. सह सचिव: अनुज भण्डारी
६. सह कोषाध्यक्ष: प्रतिमा श्रेष्ठ
७. सदस्य: प्रल्हाद दाहाल
८. सदस्य: राधा ज्ञावली
९. सदस्य: रमेश श्रेष्ठ
१०.सदस्य एवं प्रवक्ता : विनिता पुरी
११. सदस्य : रेना शाक्य

कार्यक्रममा संस्थाका कोषाध्यक्ष एवं एम्नेष्टीका पूर्व अध्यक्ष सुर्य वहादुर अधिकारीले धन्यवाद ज्ञापन गर्नु भयो भयो भने अध्यक्ष शाक्यले समापन मन्त्ब्य राखी कार्यक्रमको समापन गर्नु भयो ।


थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा

थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा

वि.सं.२०८१ माघ ११ शुक्रवार ०७:४९

काठमाडौं– महानगर यातायात प्रालीले चन्द्रागिरि प्राथमिक अस्पताल थानकोटदेखि धुलिखेलसम्म बस...

काठमाडौँको वायु प्रदूषण उच्च तहमा

काठमाडौँको वायु प्रदूषण उच्च तहमा

वि.सं.२०८१ माघ १० बिहीवार २१:२१

काठमाडौं– काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च तहमा पुगेको आज बिहान...

असनमा लागेको आगलागीबाट ३५ लाख बराबरको क्षति

असनमा लागेको आगलागीबाट ३५ लाख बराबरको क्षति

वि.सं.२०८१ माघ १० बिहीवार २१:१४

काठमाडौं । काठमाडौं महानगरपालिका–२७, असनमा बिहीबार लागेको आगलागीबाट ३५ लाख...

आजको विदेशी मुद्राको विनिमय दर कति ?

आजको विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८१ माघ ९ बुधवार ०९:३८

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

वि.सं.२०८१ माघ ८ मंगलवार २१:१६

नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित...

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

वि.सं.२०८१ माघ ८ मंगलवार २१:०२

काठमाडौँ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सफल...