back

पाँचपोखरीमा बृहत स्वास्थ्य शिविर ५ हजार ३५१ भन्दा धेरैले लिए सेवा

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा दुईदिन चलेको स्वास्थ्य शिविराबाट ५ हजार भन्दा धेरैले सेवा लिएका छन् । गाउँपालिकाको मंगलबार वडा नम्बर ७ भोटेनाम्लाङ र बुधबार वडा नम्बर ६को धापमा सम्पन्न शिविरबाट ५ हजार ३५१ जनाले सेवा लिएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाँईंले जानकारी दिनुभयो ।
भौगोलिक विकटता र आर्थिक अभावका कारण सहर बजारका स्वास्थ्य संस्थामा पुगेर सेवा लिन नसकेका नागरिकहरुको सुविधाका लागि शिविरले फाइदा पुर्याएको वडा नम्बर ६ का अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता नारायण भट्टराईले जानकारी दिनुभयो ।
ग्रामिण भेग र आर्थिक अभावका कारण अस्पताल जान नसकेका विरामीले शिविरको प्रत्यक्ष लाभ लिएको गाउँपालिकाले जनाएको छ ।
विशेषज्ञ चिकित्सक सहित जिल्ला जनस्वास्थ्य कार्यालय द्वारा पाँचपोखरी थाङपाल गाउँपालिकाको समन्वयमा आयोजित शिविरमा विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मीले सामान्य चिकित्सा, बालरोग, नाक, कान, घाँटी, आँखा, दाँत, मुख, स्त्री तथा प्रसूति,स्वास्थ्य परीक्षण, उपचार र परामर्श सेवा प्रवाह गरिरहेका छन् । एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियान अन्तर्गत सेवा प्रवाह गरिएको हो । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगर स्वयं उपस्थित भएर मंगलबार भोटेनाम्लाङमा शिविर सञ्चालन गरिएको थियो भने बुधबार धापमा बागमती प्रदेशका सदस्य कृष्णकुमार तामाङ (समिर)को प्रमुख आतिथ्य तथा गाउँपालिकाका अध्यक्ष टासी लामाको विशेष आतिथ्यमा शिविरको उद्घाटन गरिएको वडा अध्यक्ष भट्टराईले बताउनुभयो ।


थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा

थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा

वि.सं.२०८१ माघ ११ शुक्रवार ०७:४९

काठमाडौं– महानगर यातायात प्रालीले चन्द्रागिरि प्राथमिक अस्पताल थानकोटदेखि धुलिखेलसम्म बस...

काठमाडौँको वायु प्रदूषण उच्च तहमा

काठमाडौँको वायु प्रदूषण उच्च तहमा

वि.सं.२०८१ माघ १० बिहीवार २१:२१

काठमाडौं– काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च तहमा पुगेको आज बिहान...

असनमा लागेको आगलागीबाट ३५ लाख बराबरको क्षति

असनमा लागेको आगलागीबाट ३५ लाख बराबरको क्षति

वि.सं.२०८१ माघ १० बिहीवार २१:१४

काठमाडौं । काठमाडौं महानगरपालिका–२७, असनमा बिहीबार लागेको आगलागीबाट ३५ लाख...

आजको विदेशी मुद्राको विनिमय दर कति ?

आजको विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८१ माघ ९ बुधवार ०९:३८

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

वि.सं.२०८१ माघ ८ मंगलवार २१:१६

नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित...

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

वि.सं.२०८१ माघ ८ मंगलवार २१:०२

काठमाडौँ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सफल...