सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा न १० मा स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । आज एक कार्यक्रमका बिच मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सो भवनको शिलान्यास गर्नुभयो।
शिलान्यास गर्दै नगर प्रमुख आइतमान तामाङले संरचना र सेवा दुवै कुरालाई संगसंगै अगाडि लैजानुपर्ने बताउनुभयो ।समृद्ध मेलम्ची बनाउनको लागि स्वास्थ्य क्षेत्रमा विकास गर्दै जानुपर्नेमा उहाँले ठुलो जोड दिनुभयो ।हामिले स्वास्थ्य चौकीको लागी नपुग रकम नगरले थप गरेर सुविधा सम्पन्न भवन निर्माण गरेर सेवा प्रवाह गर्ने मेयर तामाङले बताउनु भयो । स्वास्थ्य चौकीमा ल्याव टेस्ट, बर्थिङ सेन्टर सहित धेरै सेवा_सुविधा दिईने नगर प्रमुख तामाङले जानकारी दिनुभएको छ ।कुल ३ करोड १७ लाख ७२ हजार २४३ मा टेन्डर आव्हान भएकोमा २ करोड १३ लाख ३९ हजार हजार ९८९ रूपैंयामा ठेक्का लागेको हो । कर्मचारी आवास २ कोठा, बर्थिङ्ग सेन्टर, ६ कोठा तल्लो तलामा, सरूवा रोगको उपचारका लागि छुट्टै कक्ष, क्लिनिक लगाएतको संरचना तयार हुने मेलम्ची नगरपालिकाका ईन्जिनियर सन्तोष थापाले जानकारी दिनुभयो ।शिलान्यास गर्दै नगर प्रमुख आइतमान तामाङले संरचना र सेवा दुवै कुरालाई संगसंगै लैजानुपर्ने बताउनुभयो । समृद्ध मेलम्ची बनाउनको लागि स्वास्थ्य क्षेत्रको विकास गर्दै जानुपर्ने कुरामा उहाँले जोड दिनुभयो । स्वास्थ्य चौकीको लागी अपुग रकम नगरले थप गरेर सुविधा सम्पन्न भवन निर्माण गरि सेवा प्रवाह गर्ने मेयर तामाङको भनाई छ । स्वास्थ्य चौकीमा ल्याव टेस्ट, बर्थिङ सेन्टर लगाएतको सुविधा दिईने नगर प्रमुख तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया