काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजावादीहरुले आगजनी, तोडफोड र लुटपाट गरेको काठमाडौंको तीनकुने,कोटेश्वरलगायतका क्षेत्रमा अनुगमन गरेका छन् । गृहमन्त्री लेखकसहित मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु शनिबार बिहान अनुगमनमा गएका हुन् ।

दुर्गा प्रसाईं र नवराज सुवेदीलगायतले नेतृत्व गरेको राजावादीहरूको समूहले शुक्रबार काठमाडौंका तीनकुने,कोटेश्वर,जडिबुटीलगायतका क्षेत्रमा सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट गरेका थिए । राजावादीहरूको आन्दोलनका क्रममा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो ।
यसैबीच काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋिषिराम तिवारीले
राजावादीहरूको ध्वंसात्मक त्रियाकलापका कारण भएको क्षतिको विवरण संकलन विवरण संकलन भइरहेको बताएका छन् ।‘जहाँ जहाँ क्षति भएको रिपोर्ट आएको छ, त्यहाँ प्रहरी टोली पठाएर क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ’ उनले भने,‘शनिबार अपरान्हसम्म सबैतिर भएको क्षतिको विवरण थाह होला ।’
घटनामा संलग्न भएको प्रमाण भेटिएपछि र कतिपयमाथि शंकाको आधारमा १०५ जनाजतिलाई पक्राउ गरिएको भन्दै उनले केरकारपछि संलग्न नभएकाहरूलाई रिहा गर्ने नीति रहेको बताए ।
प्रतिक्रिया