समाचार

आज दिउँसो सवा १ बजे राष्ट्रियसभा बैठक बस्दै,



काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

यस्तै, राष्ट्रियसभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने छन् ।

राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सबन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ को सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गर्ने छन् ।

प्रकाशित : ६ चैत्र २०८१, बुधबार, ,