काठमाडौं । नेप्से दोहोरो अंकले बढेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज शुक्रबार १६ दशमलव ३८ अंकले बढेर २७ सय ५८ दशमलव ४९ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४० अंकले बढेर चार सय ७१ दशमलव ८९ अंकमा पुगेको छ ।
नेप्सेमा आज तीन सय ३६ वटा कम्पनीहरुको ५४ हजार चार सय ९७ पटकको कारोबारमा एक करोड आठ लाख ८८ हजार सात सय ३९ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ४९ करोड ८५ लाख १६ हजार ९४ रुपैंयाँ पुगेको छ । नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा व्यापार समुहको सुचक १६ अंकले घटेपनि बाँकी समुहहरुको सुचक बढेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दशमलव ८३ अंकले बढेर १४ सय ५६ दशमलव ७८ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ४९ दशमलव ९१ अंकले बढेर तीन हजार नौं सय तीन दशमलव ४८ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ४३ दशमलव २७ अंकले बढेर १२ हजार पाँच सय १६ दशमलव ३४ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ३० दशमलव ५७ अंकले बढेर १० हजार सात सय ९१ दशमलव २८ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउन कम्पनीहरुको सुचीमा क्रेष्ट माईक्रो लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ भने एनआईसी एशिया व्यालेन्स फण्ड बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको छ । यसैगरी आखुखोला जलबिद्युत कम्पनी लिमिटेड भने बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको छ ।
























प्रतिक्रिया