समाचार

लालटिन बालेर कानुन व्यवसायीले गरे प्रदर्शन



काठमाडौं । कानुन व्यवसायीहरूले लालटिन बालेर सर्वोच्च अदालतमा विकसित घटनाक्रमको साङ्केतिक विरोध गरेका छन् ।

नेपाल बार एसोसिएसनको नेतृत्वमा मङ्गलवार दिउँसो १ बजे सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरिएको हो । एसोसिएसनले अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने अवस्था सिर्जना भएको भन्दै यसको विरोधमा लालटिन जुलुस प्रदर्शन गरेको हो ।

प्रकाशित : ५ जेष्ठ २०८३, मंगलबार, ,